विराटनगर : प्रदेश १ म पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७ जनामा कोरोना सङ्क्रमण भएको छ ।

१ हजार १४३ जनाको पीसीआर परीक्षण गर्दा ६३९ र १ हजार ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७६८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९९, झापामा १५६, सुनसरीमा १२०, धनकुटामा ११, उदयपुर र इलाममा ६-६, तेहृथुममा ३, पाँचथरमा २, सङ्खुवासभामा १ र प्रदेश १ बाहिरका ३५ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा २३३, बेलबारीमा २०, सुन्दरहरैचामा ८, कटहरीमा ७, बुढीगंगा र रंगेलीमा ६-६, उर्लाबारीमा ४, ग्रामथान र पथरीशनिश्चरेमा ३-३, रतुवामाई र सुनबर्षीमा २-२, कानेपोखरी, लेटाङ, मिक्लाजुङ, जहदा र स्थानीय तह नखुलेका १-१, झापाको विर्तामोडमा ३९, दमकमा २५, भद्रपुरमा २४, कनकाई र अर्जुनधारामा १४–-१४, मेचीनगरमा १२, गौरादहमा ५, हाल्दिबारी, बुद्धशान्ति र शिवसताक्षीमा ४-४, गौरीगञ्ज र कमल गाउँपालिकामा ३-३, बाहृदशीमा २, कचनकवल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १-१, सुनसरीको धरानमा ५९, इटहरीमा ४२, रामधुनी र स्थानीय तह नखुलेका ४-४, इनरुवामा ३, भोक्राहानरसिंह र वराहक्षेत्रमा २-२, दुहबी, हरिनगर, बर्जू र कोशी गाउँपालिकामा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ११, उदयपुरको त्रियुगामा ४, चौदण्डी र बेलकामा १-१, इलामको इलाम नगरपालिकामा ३, चुलाचुलीमा २ र स्थानीय तह नखुलेका १, तेहृथुमको म्याङ्लुङमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १-१, सङ्खुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ३५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २७२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १२३ महिला र १४९ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ पुरुषको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार १८५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।