धरान : बिपी प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत धरान-१४ का २९ वर्षीय पुरुषको मृत्यु भएको छ।

कोरोना विरुद्धको कुनै पनि खोप नलगाएका उनको हिजो राति ८ बजेर ५५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सह-प्रबक्ता चूडामणि पोखरेलले जानकारी दिएका छन् ।

उनलाई गत माघ ३ गते सङ्क्रमण पुष्टि भएपछि ४ गते उपचारकालागी अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शवलाई नियमानुसार व्यवस्थापन गरिने सह-प्रबक्ता पोखरेलले जानकारी दिए।