झापा : झापाको दमकमा जङ्गली हात्तीको आक्रमणबाट गए राति एक जना वृद्धको ज्यान गएको छ।

दमक ३ गोलाटार निवासी ६२ वर्षीय गणेश अधिकारीको गए राती ८ बजे तिर जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ।

प्रहरीका अनुसार मकैमा पानी लगाउनका लागि कुलोमा गएको समयमा अधिकारीलाई हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट उनको घटनास्थलमै ज्यान गएको दमक प्रहरीले जनाएको छ।

दमक नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नवीन बरालले भने, “हात्तीका कारण यहाँका नागरिकले सास्ती त खेप्दै आएकै छन् तर दुई वर्षपछि हात्तीले मानवीय क्षति समेत पुर्‍याएको छ।”