धरान : धरान जेसीजको ३८ शाखा अधिवेशनबाट वर्ष २०२२ को अध्यक्षमा प्रतीक श्रेष्ठ निर्वाचित भएका छन।

अधिवेशनले प्रतीक श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। अधिवेशनले कार्यकारिणी उपाध्यक्षमा सागर प्रसाईँ र सलोजा मास्केलाई निर्वाचित गरेको छ। त्यसैगरी उपाध्यक्षमा कायुम राई, राजेन्द्र रिजाल, निशा नेपाल र सुभम शाक्यलाई निर्वाचित गरेको छ।

बाँकी महासचिव, सचिव र कोषाध्यक्ष सहित २५ जना सदस्य जेसिजको विधान अनुसार पछि मनोनीत गर्ने धरान जेसिज २०२१ का तालिम निर्देशक सन्जु राईले जानकारी दिइन्।धरान जेसीज सन १९७५ मा संस्थापक अध्यक्ष श्याम गोविन्द श्रेष्ठबाट सुरु भएको थियो। धरान जेसीजलाई युवाहरूको ट्रेनिङ इन्स्टिच्युटको रूपमा परिचित संस्थाको रूपमा लिइन्छ।