धरान : धरानमा ११३ जना सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना सङ्क्रमण भएको छ। १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ६९० र ९०५ जनाको एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३०२, सुनसरीमा २०७, झापामा १२८, धनकुटामा ८, तेह्रथुममा ७, इलाममा ४, उदयपुरमा ३, सङ्खुवासभामा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका २८ जनामा कोरोना सङ्क्रमण भएको हो।

मोरङको विराटनगरमा २४५, सुन्दरहरैचामा १७, बेलबारीमा ८, बुढीगंगा र उर्लाबारीमा ५-५, कटहरी र स्थानीय तह नखुलेका ४-४, लेटाङ, कानेपोखरी, केराबारी, रतुवामाई र रंगेलीमा २-२, ग्रामथान, मिक्लाजुङ, जहदा र धनपालथानमा १-१, सुनसरीको धरानमा ११३, इटहरीमा ५२, इनरुवामा ९, दुहबीमा ७, रामधुनीमा ६, हरिनगर, देवानगञ्ज र गढीमा ३-३, बर्जू, बराहक्षेत्र र कोसी गाउँपालिकामा २-२ र स्थानीय तह नखुलेका ५, झापाको बिर्तामोडमा ३१, भद्रपुरमा १९, कनकाईमा १५, अर्जुनधारामा १४, मेचीनगरमा १२, दमकमा ११, बुद्धशान्तिमा ८, शिवसताक्षीमा ६, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका ३-३, बाहृदशी, कचनकवल र झापा गाउँपालिकामा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबास, साँघुरीगढी र स्थानीय तह नखुलेका १-१, तेह्रथुमको म्याङ्लुङमा ५, लालीगुराँस र स्थानीय तह नखुलेका १-१, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र देउमाईमा १-१, उदयपुरको त्रियुगा, रौतामाई र स्थानीय तह नखुलेका १-१, सङ्खुवासभाको खाँदबारी र स्थानीय तह नखुलेका १-१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका २८ जनामा कोरोना सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ३२२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १५२ महिला र १७० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ८२१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।