धरान : केही वर्ष देखि नेपालमा रियालिटी शोहरुहरुको सङ्ख्या बढ्दै गएको छ। गायन रियालिटी शो, डान्सिङ्ग रियालिटी शो, कमेडी रियालिटी शोहरु चलिरहेका छन्। यस्तै लहरमा अर्को एउटा फरक रियालिटी शो सुरु हुने भएको छ।

'सिङ्गर' सोल फुल भ्वाइस नामक रियालिटी शो ले अहिले चलिरहेको ट्रेन्ड भन्दा केही फरक गर्ने आयोजकको दाबी छ। फ्रेन्चाइज रियालिटी शो हरुको दबदबा चलिरहेको बेला आफ्नै मौलिक शोको शुभारम्भ गर्न लागेको डिएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रीज प्रालीका सञ्चालक श्याम धितालले जानकारी दिए। भाषाको दायरा तोडेर एक परिचित गायक गायिकालाई नेपालमा बोलिने प्रमुख छ भाषा सहितको गायन प्रतियोगिता हो 'सिङ्गर'। विजेताले नगद पुरस्कार २५ लाख सहित कार र गीति एल्बमसम्म पाउनेछन्।

नेपाली गीत सङ्गीतमा आफ्नो परिचय स्थापित गरिसकेका र गायनमा आफ्नो स्थान बनाएका गायक गायिकाहरूले शोमा भाग लिन सक्नेछन्।

‘नेपाल नेटवर्क टेलिभिजन’ को शुभारम्भ सँगै प्रसारण सुरु गरिने रियालिटी शो 'सिङ्गर' सोल फुल भ्वाइस एउटा फरक शो हुने धितालले जानकारी दिए । ‘नेपाल नेटवर्क टेलिभिजन’ आगामी नयाँ वर्षको अवसर पारेर वैशाखबाट प्रसारण सुरु गरिने बताइएको छ । फ्रेन्च आइज रियालिटी शो हरुले बजारमा स्थान बनाई रहेको बेलामा नेपाल नेटवर्क टेलिभिजनले आफ्नै मौलिक शोहरु ल्याउने योजना बनाएको छ।