तिमि उज्यालोमा
रमाउँछौ
अनि म त्यो
कालो अन्धकारमा
घाटिमा कालो
स्टेथ बोकेर
कुद्दै छु तिम्रै
बिरामी हेर्न

के लाग्छ म रिसाए
के लाग्छ म सन्किए
हैन म रिसाएको छैन

तिमिलाई सबै समस्या
सोध्ने डाक्टरलाई
सोध्या छौ?
सन्चै हुनुहुन्छ भनेर
थाहा छ तिमीले
सोध्या छैन
सोध्दैनौ

किनकि 
डाक्टर नर्सको समस्या भन्दा
तिम्रो समस्या ठुलो छ
तिमि त महान् छौ
नमस्कार तिमिलाई

मेरो बिरामी
सबै मेरा भगवान्
खुसी खुसी हेर्छु
आउन तिहार दसैँ
जहिले पनि

एक पटक तिमि तिम्रो
परिवार बिर्सेर हेर त
घरको सानो दूधे बालक
छाडेर हेर त

अनि बल्ल बुझ्छौ
हाम्रा पिडा
डाक्टर नर्सहरू को पिडा
तिम्रा बिरामी हतार हतार
ठेल्दै कुद्ने, सुमसुम्याउने
दाइ दिदिहरुको पिडा

आउन उनीहरूसँग
हामी सँग
एक छिन सिर्फ
घुलमिल भएर हेर अनि बल्ल बुझ्छौ
डाक्टर नर्सहरूको पिडा