धरान : प्रतियोगिता आयोजनाको अन्तिम चरणमा पुगिसकेको थ्री बाइ थ्री विद्यालय स्तरीय होलिल्याण्ड बास्केटबल प्रतियोगिता कोरोना भेरियन्टको जोखिमका कारण सरेको छ ।

यही माघ ७ र ८ गते हुन लागेको दुई दिने बास्केटबल प्रतियोगिता सहज स्थिति नभइन्जेल सम्मका लागि सारिएको प्रतियोगिताका संयोजक एवं होलिल्याण्ड स्कुलका बास्केटबल प्रशिक्षक नवीन राईले जानकारी गराए ।

धरान-१५ स्थित होलिल्याण्ड स्कुलको आयोजना तथा धरान बास्केटबल सङ्घको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा धरान र धरान बाहिरका गरी एक दर्जन विद्यालयले सहभागिता जनाउने भएका थिए ।

कोरोनाको तेस्रो भेरियन्टको जोखिम बढेसँगै सरकारले शैक्षिक क्षेत्र , सार्वजनिक कार्यक्रम , सिनेमा हल लगायत धेरै भिडभाड हुने कार्यक्रमहरूमा रोक लगाए पछि कार्यक्रम सारिएको हो ।

प्रतियोगितामा छात्र छात्रा दुवै तर्फका विजेता तथा उपबिजाते टिमले नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको आयोजकले जनाए ।

सहज स्थिति भएपछि आयोजक होलिल्याण्ड स्कुलको बास्केटबल कोर्टमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।