चतरा : बेलका नगरपालिकाले उपभोक्ता समितिहरुले निर्माण सम्पन्न गरेको योजना सम्झौता अनुसार पाउने भुक्तानी वडा कार्यालयमै वितरण गर्न सुरु गरेको छ।

आर्थिक बर्ष २०७८/७९ देखि नगरपालिकाले सम्झौता गर्ने देखि भुक्तानीका चेकहरु समेत वडाबाट वितरण गर्ने गरि केहि महिना अगाडि ९ वटा वडामै गएर नगरपालिका कर्मचारीहरुले नगरको करिब ६० वटा योजना सम्झौता गरेका थिए।

नगरपालिकाले यस बर्षको पहिलो पटक ५ नम्बर वडा कार्यालयले करिब ८ लाख बराबरको विभिन्न सडक मर्मत गर्न छुटाएको बजेट मर्मत सम्पन्न भएको खबर वडा कार्यालयलाई गरे पछि वडाले योजना प्रमुख चेतनाथ गौतमलाई जानकारी गएपछि गौतमले प्राविधिक सहित चेक लिएर वडामै आएर वडा अध्यक्ष गोबिन्द कुमार खड्कालाई हस्तान्तरण गरे। उक्तवडाका वडाध्यक्ष खड्काले उपभोक्ता समितिका अध्यक्षलाई चेक हस्तान्तरण गरेका हुन।

बेलका नगरपालिकाले उपभोक्ता समितीलाई बिकास निर्माणको योजना सम्झौता गर्न देखि भुक्तानी लिन समेत नगरपालिका सम्म आउन नपर्ने बाताबरण सिर्जना गरेको सूचना अधिकारी चेतनाथ गौतमले बताए ।

विगतका बर्ष योजना सम्झौता गर्न, बैंक खाता खोल्न तथा काम सम्पन्न गरेपछि पनि भुक्तानी पाउन सास्ती भइरहेको भए पनी यस बर्षदेखि सबै काम वडामै भए पछि दुख नपाएको उपभोक्ता समीतीका एक सदस्यले बताए ।

सूचना अधिकारी चेतनाथ गौतमका अनुसार मंसिर महिनाको १ गतेदेखि काम सुरु गरे माघ १५ सम्म काम सम्पन्न गर्न र फागुन १५ सम्म सम्पुर्ण योजना अनुगमन गरेर बजेट निकासी गरिसक्ने नगरपालिकाको निर्णय अनुसार हामी लागी परेरको र उपभोक्ताहरुलाई सहजीकरण गरि नगरपालिका मापदण्डअनुसार काम गर्न समेत अग्रह गरे।