इटहरी : ट्रक ब्याक गरेर इटहरीकी एक महिलाको हत्या गरिएको छ। इटहरीबाट धरान जाँदै गरेको ट्रकले सुरुमा ठक्कर दिएको र घाइते भएकी पैदल यात्री महिलाको पछाडि सारेर हत्या गरिएको हो।

कुखुरालाई चारो लिएर घर फर्किँदै गरेकी इटहरी-४ कि ६२ बर्षीया देवी खड्कालाई प्र. १-०-२०० ख ८६५२ नम्बरको ट्रकले ठक्कर दिएको हो । प्रत्यक्षदर्शी सिता खड्काका अनुसार मृतकले उठ्न खोज्दा ट्रक पछाडि सरेको थियो (दुई खड्का आफन्त होइनन्)। केही अगाडी पुगिसकेको समयमा 'ट्रक ब्याक गरेर' टाउकोमाथि पछाडिको चक्का चढाएको प्रत्यक्ष देखेको उनले बताइन् ।

उता प्रहरीले भने उपचारको क्रममा मृत्यु भएको बताएको छ। प्रहरीका अनुसार ट्रक चालक पेम्बा शेर्पा प्रहरी नियन्त्रणमा छन् । प्रत्यक्षदर्शी स्थानीयले भने घटना लुकाउन प्रहरीले सहयोग गर्ने आशङ्का व्यक्त गरेका छन् । हत्या गरिएको विषयलाई दुर्घटना सँग जोडिने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन् । हाल स्थानीयले धरान इटहरी सडक खण्ड अवरुद्ध गरेका छन् । 

truck-back-2