मङ्सिर २० गते इटहरीको पश्चिम लाइनमा रहेको केआइइसी नामक वैदेशिक अध्ययनको परामर्श गर्ने संस्थाले 'रोड सो' गर्दैछ । 'रोड सो'मा केआइइसी काठमाडौँ मुख्यालयबाट वैदेशिक अध्ययनका सबै पक्षहरू समेट्ने जानकारहरू आउदै हुनुुहुन्छ। खासगरि प्लस टु सकेका विद्यार्थीहरूलाई रोड सोले सेवा दिने बताइएको छ। आइतबार झापामा हुने 'रोड सो' सोमबार सिधै इटहरी आउनेछ । यसै सन्दर्भमा बेलायतमा झन्डै दशक उच्च शिक्षा अध्ययन गरेर उनी जस्तै विदेश पढ्न चाहनेलाई परामर्श र सहयोग दिन हाल केआइइसी इटहरीको सञ्चालक रहेका उमेश भण्डारीसँग 'रोड सो' बारेमा हामीले कुराकानी गरेका छौँ ।

केआइसीलाई बुझ्ने भाषामा बुझाउनु न ।

केआइइसी भनेको विगत डेढ दशक देखी नेपालका विद्यार्थीहरूले वैदेशिक अध्ययनका क्रममा जाने विभिन्न युरोप, अमेरिकी तथा अष्ट्रेलिया लगायतका देशहरूमा पठाउन परामर्श दिने एक विश्वासनिय र व्यवशायिक संस्था हो । यसले विदेश जाने मनोविज्ञान बनाएका विद्यार्थीहरूलाई सल्लाह मात्रै दिँदैन आवश्यक दक्षता निर्माणमा पनि सहयोग गर्छ । खासगरि आइएलटिएस, जिआरी, जिम्याट, स्याट जस्ता कोर्षहरुमा विद्यार्थीलाई पढाएर दक्ष बनाउने काम पनि गर्छ । विदेश पढ्न इच्छुक नेपालीलाई विदेशका राम्रा विश्वविद्यालय र कोर्षको बारेमा हामी परामर्श दिन्छौँ भने विदेशबाट नेपाल पढ्न आउन इच्छुकहरूलाई पनि हामी उत्तिकै सूचना र परामर्श दिन्छौँ ।

केआइइसी रोड सो किन आवश्यक भएको हो? कुन रोडमा हुन्छ यो रोड सो?

भन्नमा रोड सो भनिए पनि यो कार्यक्रम रोडमा हुँदैन । हाम्रो मुख्यालय काठमाडौँ, विदेशी विश्वविद्यालयका प्रतिनिधि विषयका जानकारहरूले भर्खरै 'प्लस टु' को परीक्षामा पास भएका विदेश जान चाहने विद्यार्थीहरूलाई आवश्यक सबै सूचना एकमुस्ट र अत्यन्तै जानकारहरूबाट दिने लक्ष्यको एक दिने कार्यक्रम हो यो । बिहान दश बजे देखी अपराह्न पाँच बजेसम्म कार्यक्रम हुन्छ । यो शैक्षिक सेमिनार हो ।

शैक्षिक परामर्श गर्ने नै संस्था हो । अरू बेला पनि त्यही काम हुन्छ । यो बेला पनि त्यही काम हुनुको अर्थ के हो?

अरू बेला हामी सेवा दिइरहेका हुन्छौँ । यो बेला भने विद्यार्थीहरूको आगमन सङ्ख्या धेरै भएको छ । धेरै विद्यार्थीलाई धेरै जनशक्ति आवश्यक छ । त्यही भएर हामीले मुख्यालय काठमाण्डौबाट आएका विषयत जानकारलाई यहीँ इटहरीमा ल्याएर छिटोछरितो सहयोग गर्न खोजेको हो । बेलायत, अष्ट्रेलिया, अमेरिका, न्युजिल्यान्ड देखी क्यानडा बारेमा जानकारहरू आएर परामर्श दिनु हुनेछ । भिजा जानकारी र सहयोगका कुराहरू समेत हुनेछन् । विदेशी विश्वविद्यालयका प्रतिनिधि देखी हाम्रो मुख्यालयका जानकारहरू आउनुहुनेछ ।

यसको अतिरिक्त फाइदा भनेको विदेश जान चाहने विद्यार्थीलाई आवश्यक कर्जा दिने वित्तीय संस्थाका प्रतिनिधिहरू समेत आउनु हुने हुनाले यो एक खालको सबै कुराहरू एकै भेन्युमा एकै पटक जानकारी पाउने कार्यक्रम हो । काठमाण्डौमा पुगेर गरिने ठुला खर्च भन्दा यही इटहरीमै यो सेवा प्राप्त भएपछि विद्यार्थी र अभिभावक दुवैलाई फाइदा भयो । हामी २० गते सोमबारको रोड सोमा पाँच सय विद्यार्थीलाई परामर्श दिने योजनामा छौँ ।

कोभिडले गर्दा विद्यार्थी विदेश अध्ययन गर्न जान कति सहज छ ?

कोभिडले गर्दा रोकिएको हवाई सेवा युके, अमेरिका, क्यानडा लागायता देशमा सुचारु नै थिए भने अस्ट्रेलियाले पनि भिसा लागेर बस्नु भएका बिद्यार्थीहरुलाई डिसेम्बर महिना देखि बोर्डर खुल्ला गरेको छ।अब स्वास्थ्य मापदण्ड अपनाएर बिद्यार्थीहरु ढुक्कले जान सक्नु हुन्छ।

नेपालमै धेरै गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेज र विश्वविद्यालय हुँदाहुँदै किने विदेश जानु पर्‍यो र ?

अहिलेको नेपाली शिक्षा प्रणाली अनुसन्धान उन्मुख छैन। आजको ग्लोबल सिटिजनलाई चाहिने सिपमा भन्दा घोक्ने र उत्तर लेख्नेमै हामी सीमित छौ। विकसित देशको शिक्षा अनुभवले हाम्रा विद्यार्थीलाई भोलिको समृद्ध नेपालको रूपरेखा कोर्न सहयोग गर्नेछ भने गुणस्तरीय जनशक्तिले देश विकासमा ठुलो टेवा पुर्‍याउन सहयोग हुनेछ। अनुसन्धान र व्यावहारिक कौशल हाम्रा विद्यार्थीले सहज रूपमा पाउन पनि विदेश अध्ययन निकै नै महत्त्वपूर्ण छ। धेरै बाहिर पढेर फर्कनु भएका जनशक्तिले राम्रो व्यवसाय र कुशल नेतृत्वदायी भूमिका पनि निभाई रहनु भएको छ।

यस्ता परामर्श दिने संस्थाहरू धेरै छन् । केआइसी नै किन रोज्ने?

केआइइसी व्यवशायिकतामा अब्बल छ । यहाँका परामर्शदाताहरू प्रमाणपत्र प्राप्त हुनुहुन्छ । इटहरीमा स्याटको कक्षा केआइइसीमा मात्रै हुन्छ । आइएलटिएसका पछिल्ला नतिजामा हाम्रो संस्थाबाट ७.५ र ७ ल्याउनेहरू धेरै विद्यार्थीहरू छन् । सेल्टा प्रमाणपत्र प्राप्त प्रशिक्षक भएको पनि हाम्रो मात्रै हो भन्दा हुन्छ ।

तपाइहरूलाई विद्यार्थीलाई विदेश लगेर विदेशमै विद्यार्थीहरूलाई सधैँ बस्न प्रेरणा गरेको भन्ने आरोप नि छ । यसमा के भन्नु हुन्छ?

विदेश बस्ने नबस्ने निजी निर्णय हो । हामीले विश्वविद्यालयका कोर्षहरु बारेमा जानकारी दिने हो । विश्वविद्यालयसँग जोडिदिने हो । योग्य विद्यार्थीहरू त्यहाँ जोडिन्छन् । जहाँसम्म विदेशमै बस्ने भन्ने कुरा छ त्यो सही हैन । म आफै त्यसको एक उदाहरण हुँ । मैले करिब दशक लामो समय बेलायतमा उच्च शिक्षा लिए । अहिले आफै नेपालमा आएर काम गरेको छु । म मात्रै हैन धेरै विदेश पढेर नेपालमा आएर आफ्नो पेसा व्यवसाय गर्नेहरूको सङ्ख्या धेरै छ ।

KIEC