अस्ट्रेलिया : नेपालीहरूको महान् पर्व विजय दशमीको उपलक्ष्यमा आगामी अक्टोबर ८ तारिख शुक्रवार अस्ट्रेलियाको एडिलेड सहरमा दसैँ फेस्टिभल हुने भएको छ ।

नेपअस इभेन्टको आयोजनमा हुने फेस्टिभल एडिलेडको दक्षिणी भेगमा रहेको अकल्यान्ड रिजर्भ पार्कमा कार्यक्रममा हुने भएको हो ।

कार्यक्रममा विभिन्न नेपाली सांस्कृतिक प्रस्तुति , स्थानीय कलाकारहरूको जोडदार प्रस्तुति रहने लगायत विभिन्न लत्ता कपडाका स्टल, खाने कुरा र अन्य व्यवसायीक स्टलहरू रहने आयोजक समूहका पुष्कर कोइरालाले बताए । उनले कार्यक्रम दिनको १२ बजेबाट साँझ ८ बजे सम्म सञ्चालन हुने बताए ।

साथै यस कार्यक्रमले नेपाली समुदायद्वारा खोलिएका व्यवसायहरूको पनि राम्रो प्रचार र प्रवर्धन हुने र त्यस्ता व्यवसाय मार्फत नेपाली समुदायले पनि मनग्गे फाइदा लिन सकिने विश्वास आयोजक संस्थाले लिएको छ ।

कोइरालाले लामो समयदेखि खुल्ला जमघट नभइरहेको सन्दर्भमा दर्शकको मनोरञ्जनका लागि लाइभ म्युजिकका साथमा दसैँ चिठ्ठा कार्यक्रम पनि राखिएको बताए । हालका दिनहरूमा अन्य मुख्य सहर सिड्नी मेलबर्नमा लकडाउन चलिरहेको ।

लामो समय सम्म एडिलेडमा नेपाली समुदाय लक्षित कार्यक्रमहरू नभइरहेको अवस्थामा यसपालिको दसैँ मेलाले सबैमा एक उत्साह भरिएको र छुट्टी लिएर भए नि उक्त मेलामा सहभागी हुने कुरा मेला स्थल नजिकै कि नर्सिङ विद्यार्थी दिक्षिण रेग्मीले बताइन ।

साउथ अस्ट्रेलियामा महामारीबाट सुरक्षित रहे पनि सहभागीहरूले कार्यक्रमका लागि स्थानिय स्वास्थ्य मापदण्डमा रही क्युआर कोड र मास्क लगाउनु पर्ने नियम भित्र बस्नु पर्ने छ ।