धरान : धरान-१५ मा जग्गाको विषयमा सौतेनी आमा छोरा बिच हानाहान भएको छ। झगडामा एक जना घाइते भएका छन् भने एक जनालाई धरान प्रहरी नियन्त्रणमा लिएको छ।

धरान प्रहरीले रड र चक्कु लगायतका हातहतियार लिएर सामूहिक रूपमा घरमा कुटपिट भइरहेको सूचनाको आधारमा आज दिउँसो ४० वर्षीय तारा तामाङलाई पक्राउ गरेको जनाएको छ।

जेठी तर्फका छोरा २५ वर्षीय आशिष् राई कुटपिटमा घाइते भएका हुन्। घाइते राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। घाइते अषिशले कान्छी आमा तारा सहित ३ जनालाई ज्यान मार्ने उद्योगमा मुद्दा हालेको जानकारी दिएका छन।

आषिशले कान्छी आमा तारा सहितको १०-१२ जनाको समूहले आफूलाई कुटपिट गरेको बताएका छन्। उनले समूहमा आएकाहरू मध्ये आफूले चिनेकोहरुलाई मात्र उजुरी दिएको बताएका छन्।

धरानका डिएसपी नरेन्द्र कुँवरले उक्त विषयमा उजुरी परेको तर मुद्दा नै दर्ता भएको नभएको जानकारी दिएका छन्। 'हामी छलफलबाट मिलाउने प्रयास गर्छौ, नमिलेको खण्डमा मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अगाडी बढाउँछौ । एक जना नियन्त्रणमा लिएका छौ अन्य दुई जनाको खोजी कार्य भइरहेको छ’ उनले भने ।

कान्छी आमा र छोरा जग्गाको विषयमा झगडा भएको बुझिएको छ। संचारकर्मीहरुले अन्तरवार्ता लिने क्रममा सो झगडा भएको र उक्त घटनामा धरानका ३ सञ्चारकर्मीहरू पनि कुटिएका छन्।

hanahan-2