धरान : इटहरी-२० तरहरा स्थित पानीपियामा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पहिचान नखुलेको सवारी साधनको ठक्करबाट घाइते भएका नाम ठेगाना नखुलेका एक जना पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा उपचार गराउने क्रममा गए राती मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

धरान-१३ का राजीव आर्चायको पहलमा इटहरी जाँदै गरेको को १ प ५२८४ एम्बुलेन्स फर्काएर घाइते पुरुषलाई प्रतिष्ठानमा इमरजेन्सीमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा मृत्यु भएकाको पहिचान खुल्न नसकेको प्रहरीले बताएको छ । प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयका डिएसपी सुमन कुमार तिम्सिनाका अनुसार घटना स्थलमा गाडीको सिसा फुटेको पनि छैनन् । प्रत्यक्षदर्शी पनि नभएकाले अनुसन्धान गर्ने असहज भएको बताए ।