धरान : नगरको विकासमा नगर बासीको सरोकारका विषयमा विज्ञहरूको सहयोग तथा धरान उपमहानगरपालिका कार्यालयको कार्यसम्पादन लाई जनमुखी बनाउन सल्लाह सुझाव लिनका लागि मेयर तिलक राईले विज्ञ समूह र सल्लाहकार समिति गठन गरेका छन् ।

दुवै समिति उपमहानगरपालिकाको कार्य सम्पादन नियमावली २०४७ मा भएको व्यवस्था अनुसार नगर प्रमुख स्तरीय निर्णय अनुसार गठन गरिएको हो । विज्ञहरूको समूह १३ सदस्यीय छ । सल्लाहकार समितिमा ९ सदस्य छन् ।

मेयर राई द्वारा गठित विज्ञ समूहमा पूर्व नगर प्रमुखदोय मनोजकुमार मेन्याङबो, कुमारबहादुर कार्की, सहप्राध्यापक डा.राजेन्द्र शर्मा, उपप्राध्यापक राजविमल श्रेष्ठ, प्राध्यापक डा.विक्रम श्रेष्ठ, सहप्राध्यापक डा.अशोककुमार झा, डा.अमृत राई, हिरा उदास, कृष्णकुमार अग्रवाल, सिपी दत्त, उबासंघका अध्यक्ष गिरीधारी सापकोटा, सुजेन्द्र तामाङ र धरान सरोकार समाजका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठ रहेका छन् ।

यसै गरी सल्लाहकार समितिमा विनोदकुमार राई, डा.आनन्दप्रसाद आचार्य, हर्ष सुब्बा, श्यामा रेग्मी, उमेश थापा, अनिल श्रेष्ठ, गोकुलप्रसाद श्रेष्ठ, पितरुमल अग्रवाल र अधिवक्ता मानबहादुर राई रुम्दाली रहेका छन् ।

उपमहानगरपालिका कार्यालयमा बुधबार आयोजित परिचयात्मक कार्यक्रममा समितिमा मनोनयन भएका विज्ञ तथा सल्लाहकारहरू लाई मेयर राईले औपचारिक पत्र प्रदान गरेका हुन ।

उनले धरानको विकास, निर्माण लाई नजिक बाट अनुभव गर्दै आएका विज्ञहरू तथा सल्लाहकारहरूबाट उपमहानगरपालिकाले व्यवहारिक सल्लाह, परामर्श पाउने विश्वास व्यक्त गरे । उक्त अवसरमा नवगठित समितिका सदस्यहरू सँग उपमहानगरपालिका कार्यालयका विभागीय प्रमुखहरू सँग परिचय आदान प्रदान गरिएको थियो ।